वीरगन्ज :

दशैंअघि अनुदान दिन सरकारलाई उखु किसानको चेतावनी

श्रेणी : कृषि

2 weeks
Pradeep Sah
2.2kViews
1160 Shares

परासी,०८ असोज । उखु किसानहरूले सरकारले अनुदान रकम दशैंअघि नै उपलब्ध गराउनुपर्ने माग गर्दै चेतावनी दिएका छन्। सरकारले सम्झौताअनुसार तत्काल भुक्तानी गर्ने वाचा गरे पनि अझै रकम वितरण नगरेपछि किसानहरू चिन्तित बनेका हुन्।

उखु उत्पादक महासंघका केन्द्रीय प्रवक्ता तथा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले मंगलबार जारी विज्ञप्तिमा, “सम्झौताअनुसार दशैंअघि नै अनुदान रकम उपलब्ध नभएमा दशैंलगत्तै सडक संघर्ष गर्ने बाध्यता हुनेछ,” भनेका छन्। भदौ ८ देखि १३ गतेसम्म काठमाडौंमा भएको आन्दोलनपछि सरकारले तत्कालै भुक्तानी गर्ने आश्वासन दिएको थियो।

यस वर्ष उखुको मूल्य उद्योगीले प्रतिक्विन्टल ५८५ रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान थप गरेर ६५५ रुपैयाँ तोकेको थियो। तर, सरकारले अनुदान रकम कटौती गरेको किसानको गुनासो छ।

हाल मुलुकभरका किसानले आर्थिक वर्ष २०८१/८२ को १ अर्ब ६० करोड रुपैयाँ अझै पाउन बाँकी छ। चालु आर्थिक वर्षको बजेटमा अनुदान रकम नै उल्लेख नभएपछि किसान पुनः आन्दोलित भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *