वीरगन्ज :

दशगजा क्षेत्रमा गाडिएकाे अवस्थामा दुई जनाकाे शव फेला

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.7kViews
1108 Shares

वीरगंज । भारतसंग सीमा जोडिएको पर्साको जगरनाथपुर गाँउपालिकाको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बिसनपुर्वाबाट भारत बिहारको नगरदेही जाने बाटो छेउको नेपाल तर्फ पर्ने ओरिया खोलास्थित दशगजा क्षेत्रमै मंगलबार बिहान पहिचान खुल्न नसकेका दुई पुरुषको शव भेटिएको हो ।

दशगजा क्षेत्रमा पर्ने ओरिया खोलामा रहेको ४२१/५ नम्बरको सीमा पिल्लर नजिकै बालुवामा गाडिएको अवस्थामा अन्दाजी ३५/४० बर्ष उमेरको जस्तो देखिने दुई पुरुषको शव भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

मंगलबार बिहान ७ बजेतिर दशगजा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा गाडिएको अवस्थामा ती दुवै शव भेटिएको हो ।

शव भेटिएको स्थल नेपाल तर्फको भूभाग रहेको भन्दै भारतीले पहिचान भने खुल्न नसकेको बताए । गाडिएको शव निकालेर पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको भारतीले जानकारी दिए । दुवै शवको पहिचान अहिलेसम्म खुल्न नसकेकाे उनले वताए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *