
श्रेणी : मधेस
वीरगंज । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ पर्साको नाैं जिल्ला अधिबेशन बिहिबार सम्पन्न भएको छ । वीरगंजकाे प्रसाैनीमा आयोजित सम्पन्न जिल्ला अधिबेशनले बुनेल रामको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
जुन समितिको उपाध्यक्षमा निलम देबि, सचिवमा रामबेनेस पासवान, सह-सचिवमा उपेन्द्र राम, कोषाध्यक्षमा रम्भा देबि माझी र सदस्यमा क्रमश शिवदत राम, रन्जु राम, उमेश राम, उर्मिला देबि धाङड, कृष्णा पासवान, ममता पासवान चयन भएका छन् ।
संघको जिल्ला अध्यक्ष रामराज्य रामको अध्यक्षता र संघको केन्द्रिय उपाध्यक्ष मान बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा भएकाे अधिवेशनमा दलित अगुवा एवं सन्चारकर्मी बृजलाल पासवान लगाएतले मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमकाे संचालन कृष्णा पासवानले गरेका थिए ।


प्रतिक्रिया