वीरगन्ज :

दलित पत्रकार संघद्वारा गहवामा नि:शुल्क आँखा शिबिर

श्रेणी : समाचार

6 months
Pradeep Sah
1.5kViews
1885 Shares

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ, पर्साको आयोजनामा शुक्रबार वीरगंजकाे गहवामा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।संघको अध्यक्ष श्याम पासवानको अध्यक्षतामा भएकाे शिबिरको उद्घाटन नेकपा (एकीकृत समाजबादी) पर्साका अध्यक्ष बालगोपाल थापाले गरेका थिए ।

वीरगंज सामुदायिक आँखा अस्पतालको सहयोगमा सचलित शिबिरमा १०२ जनाले आँखा परिक्षण गराएका हुन् । जस मध्ये २५ जनामा मोतियाबिन्द फेला परेको अस्पतालका संचालक डा. महेश्वर सिंह धामिले वताए । शिविरमा माेतिबिन्द फेला परेका सबै जनाकाे भदौ २ गते आइतबार नि:शुल्क शल्यक्रिया गरिने उनले जानकारी दिए ।

शिबिरमा राष्ट्रिय दलित पत्रकार संघका सल्लाहकारद्वय बृजलाल पासवान, सुबास राम, उपाध्यक्ष सुरेश बादल, दलित अभियान्ता निला राम, स्थानीय अगुवा उमेश ठाकुर, वडा सदस्य संगीता दास लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *