वीरगन्ज :

दलहरूले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सहमति कायम गरेर पाँच बर्ष स्थीर सरकार दिनुपर्छः बाबुराम भट्टराई

श्रेणी : राजनीति

2 years
birgunj report
7Views
0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यका सबै तह र तप्काका जनताको सहभागिता विना दिगो शान्ति असम्भव भएको बताएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले दलभित्र कसैले हलो अड्काएर गोरु चुट्न नहुने बताएका हुन् । उनले दलहरुले महत्वपूर्ण मुद्दामा सहमति गरेर पाँच वर्ष स्थीर सरकार दिनुपर्नेसमेत बताएका छन् ।

उनले भनेका छन्,‘राज्यमा सबै तह र तप्काका जनताको सहभागिता विना दिगो शान्ति र स्थीरता हुन्न । शान्ति/स्थीरता विना सुशासन र समृद्धि हुन्न । अतः दलहरूले महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा सहमति कायम गरेर पाँच बर्ष स्थीर सरकार दिऊँ । दलभित्र र बाहिर कसैले पनि हलो अड्काएर गोरू चुट्ने काम नगरौं!सबैले ममः भनौं !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *