काठमाडौं,२९ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि ११० सिटको बाँडफाँड सार्वजनिक गरेको छ। बिहीबार आयोगले अन्तिम परिणामका आधारमा विभिन्न राजनीतिक दललाई प्राप्त मतअनुसार सिट वितरण गरेको जनाएको छ।
आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ। उक्त दलले ५७ सिट जितेको छ। त्यस्तै नेपाली कांग्रेसले २० सिट प्राप्त गरेको छ भने नेकपा एमालेले १६ सिट हासिल गरेको छ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीले ९ सिट पाएको छ। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान रूपमा ४–४ सिट जितेका छन्।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। त्यसमध्ये १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ।

प्रतिक्रिया