वीरगन्ज :

दलतन्त्रकै कारण गणतन्त्र विवादमा पर्‍यो : प्रभु साह

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.3kViews
1218 Shares

काठमाडौं,२७ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले दलतन्त्रको विसंगतिका कारण गणतन्त्रप्रति जनतामा असन्तुष्टि बढ्दै गएको बताएका छन्।

काठमाडौंमा आयोजित आजपानिकट आम महिला मोर्चा बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै साहले लोकतन्त्रको नाममा दलहरूले राज्यको ढुकुटी दुरुपयोग गरिरहेको आरोप लगाए। उनले सरकारले विदेशी ऋणको भार जनतामाथि बोकाइरहेकाले नागरिक सचेत हुनुपर्ने आग्रह गरे।

“गणतन्त्र र लोकतन्त्रको नाममा नेताहरूले लुट मचाइरहेका छन्। राज्यको ढुकुटी सिध्याउने अवस्थामा पुगेका छन्। सरकारले नेपाली जनताको टाउकोमा विदेशी ऋणको भारी थप्दै लगेको छ, जसका कारण कतिपयले गणतन्त्रको विरोध गरिरहेका छन्,” साहले भने।

उनले जनताको सर्वोच्चतासहितको लोकतन्त्र आवश्यक रहेको बताउँदै, “अब लोकतन्त्र बचाउने जिम्मा जनताकै हो, अरू कसैले बचाउन सक्दैन,” भन्ने धारणा राखे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *