वीरगन्ज :

थुनछेक बहस नसकिएपछि फेरि हिरासतमै गए रवि लामिछाने

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
2.8kViews
1378 Shares

वीरगन्ज,२९ पुस । स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त रवि लामिछानेको थुनछेक बहस नसकिएपछि हिरासतमै फर्काइएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ ।

उनलाई आइतबार पनि काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम सङ्गठित तवरले ठगी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ ।

सोमबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको छ । रवि पक्षका कानुन व्यवसायीले अब पर्सि बहस गर्नेछन् । उनीहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *