वीरगन्ज :

थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरले लेख्यो गृह मन्त्रालयलाई पत्र

श्रेणी : BANNER

3 years
birgunj report
36Views
0 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मन्त्रालयलाई अनधिकृत संरचना हटाउन सहयोगका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

पत्रमा भनिएको छ,‘वाग्मती किनारामा अव्यवस्थित तथा अनाधिकृत रुपमार हेको संरचना हटाई सो क्षेत्रको संरक्षण एंव सौन्दर्यीकरण गर्ने काय तत्काल अघि बढाउन सफल हुनसकेको अवस्था छैन । थापाथलीको संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एंव समन्वयकालागि अनुरोध छ।’

यसअघि, सो बस्ती हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले महानगरलाई अनुरोध गरेको थियो । त्यसपछि महानगरले बस्तीमा डोजर चलाउने प्रयास गर्दा सुकुम्बासीले ढुंगामुढा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *