
श्रेणी : अन्तर्राष्ट्रिय
थाइल्याण्डको दक्षिणी भागमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ । राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा शनिबार साँझ सशस्त्र आक्रमण सुरु भएको थियो ।
आक्रमणबाट चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो । थाइल्याण्डमा बन्दुकको स्वामित्वको उच्चदर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन् ।
गत अक्टोबरमा उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गरेका थिए, जसमध्ये २४ जना बालबालिका थिए । गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए ।

प्रतिक्रिया