वीरगन्ज :

थपिए एक मन्त्री र एक राज्यमन्त्री, परराष्ट्रमा एनपी साउद

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले एक जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । राज्यमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले शपथ गराए । कांग्रेसका एनपी साउदले परराष्ट्रमन्त्रीको शपथ लिएका हुन् । यस्तै, नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईले राज्यमन्त्रीको शपथ लिइन् ।

उनलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आइतबार आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । प्रधानमन्त्रीले अझै आफूसँग पाँचवटा मन्त्रालयको जिम्मेवारी राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *