वीरगन्ज :

त्रिशुली बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजारको सहयोग

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.9kViews
1360 Shares

बीरगन्ज,२८ चैत । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेलीले त्रिशुली नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका एक परिवारलाई राहत स्वरूप ५० हजार रुपैयाँ प्रदान गरेका छन्।

गत भदौंमा भएको उक्त बस दुर्घटनामा बहुदरमाई नगरपालिका–८, रामनगरीका ओमहरि यादवको निधन भएको थियो। ओमहरिको परिवारलाई नगरपालिकाको कार्यालयमा बोलाएर मेयर साहले पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

यसअघि सोही दुर्घटनामा ज्यान गुमाएका रामनगरीकै अर्को पीडित परिवारलाई समेत मेयर साहले ५० हजार रुपैयाँ सहयोग गरिसकेका छन्।

चेक हस्तान्तरण कार्यक्रममा मेयर साहले दुर्घटनाबाट शोकमा रहेका परिवारप्रति समवेदना व्यक्त गर्दै नगरपालिकाको तर्फबाट सकेसम्म सहयोग गरिने प्रतिबद्धता जनाए।

“यो सहयोगले गुमेको पीडाको भरपाई त हुँदैन, तर पीडित परिवारलाई केही राहत मिलोस् भन्ने हाम्रो प्रयास हो,” मेयर साहले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *