वीरगन्ज :

त्रिविको ५०औँ दीक्षान्त, १७ विधिका पुरस्कार वितरण गरिने

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
3.0kViews
1204 Shares

काठमाडौँ, १३ पुस । त्रिभुवन विश्वविद्यालयले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहमा १४ हजार ३ सय ८ विद्यार्थी दीक्षित हुँदै छन् ।

सोही संख्यामा अभिभावकको समेत सहभागिता हुने जनाइएको छ । स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर ५ हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ १२२ जना विद्यार्थी दीक्षित हुँदै छन् ।

समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार १४९ विद्यार्थीसहित ६२औं ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदै छन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *