श्रेणी : अन्तर्राष्ट्रिय
      2.4kViews
      
      
      1448
      Shares
      
      
काठमाडौं,२६ भदौ । आन्दोलनका कारण मंगलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालनमा आएपछि अहिले यात्रुहरूको भीड देखिएको छ।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार मंगलबार दिउँसो ३:३० बजेदेखि विमानस्थल बन्द गरिएको थियो। तर, सुरक्षा समितिको बैठकले बुधबार साँझदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेपछि विदेश जाने यात्रुहरूको संख्या अचानक बढेको हो।
विमानस्थल प्रशासनले यात्रुहरूलाई आवश्यक टिकट व्यवस्थापन भएपछि मात्र विमानस्थल आउन आग्रह गरेको छ। यात्रुहरूले आफ्नो टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्र विमानस्थलमा उपस्थित हुन सूचित गरिएको छ।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया