वीरगन्ज :

त्रिभुवन विमानस्थलमा ६ किलो गाँजासहित थाइ नागरिक पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

11 months
Pradeep Sah
1.9kViews
1470 Shares

काठमाडौं,२७ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने करिब ६ किलोग्राम पदार्थसहित थाइल्यान्डकी एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्ने महिला २७ वर्षीया कोंकवान पुङस्वान रहेको प्रहरीले जनाएको छ। उनी थाई एयरवेजको उडानमार्फत मङ्गलबार दिउँसो बैंककबाट काठमाडौं आएकी थिइन्। विमानस्थलमा प्रवेश गरेपछि भन्सार जाँचको क्रममा उनको लगेज चेक गर्दा गाँजा जस्तो देखिने उक्त पदार्थ फेला परेको हो।

जाँचपश्चात प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाएको छ।

यसअघि पनि त्रिभुवन विमानस्थलबाट विदेशी नागरिकहरू लागूऔषधसहित पक्राउ पर्ने घटनाहरू हुँदै आएका छन्। सुरक्षाकर्मीहरूका अनुसार विमानस्थलमा लागूऔषध ओसारपसार नियन्त्रण गर्न निगरानी कडा पारिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *