वीरगन्ज :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

3 months
Pradeep Sah
2.4kViews
1908 Shares

काठमाडौं, २३ पुस । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङ छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुनको ढिक्का एक थान र औठी एक थानसहित उनी पक्राउ परेका हुन् ।

एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *