वीरगन्ज :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

श्रेणी : समाचार

2 years
birgunj report
8Views
0 Shares


काठमाडौं । भदौ ५ गते
अवैध रूपमा ल्याएको करिव एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक राहादानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तु देखिएको थियो ।

त्यसछि उनलाई प्रहरी वृत्त गौशालामा लगि शौच गराउँने क्रममा मलद्वारबाट अर्धठोस वस्तुको ४ वटा पोका ९सुन० फेला परेपछि पक्राउ गरिएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *