
श्रेणी : BANNER
वीरगंज । तेली कल्याण समाज पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ । रेडियाे वीरगंज परिसरमा भएकाे कार्यक्रममा सहभागिहरुले अबिरकाे टिका लगाएर हाेलीकाे शुभकामना आदानप्रदान गरेका थिए ।
तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन तेली कल्याण समाजका केन्द्रिय अध्यक्ष विश्वनाथ साहले गरेका थिए ।
कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी, संविधान सभा सदस्य रामचन्द्र साह, पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह, पारस साह, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह, पूर्व मेयर नितेन्द्र साह, उद्याेग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुबाेध गुप्ता, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधवराज पाल, तेली समाजका पानालाल साह, हजारी साह, असर्फी साह, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान लगायतकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा भाेजुपरी गायक अनिल बर्मा लगायतका कलाकारले आफ्नाे प्रस्तुती राखेका थिए भने कार्यक्रमकाे संचालन तेली कल्याण समाज पर्साका सचिव बिरेन्द्र साहले गरेका थिए ।

प्रतिक्रिया