वीरगन्ज :

तीन सांसद निलम्बनमा : बस्नेत, लामिछाने र रायमाझीको पद खारेज

श्रेणी : BANNER

2 weeks
Pradeep Sah
1.9kViews
1623 Shares

काठमाडौँ,०१ जेठ । प्रतिनिधिसभाका तीन जना सांसद हाल निलम्बनमा परेका छन्। पछिल्लो पटक नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको नाम थपिएपछि यो संख्या तीन पुगेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणमार्फत टेरामक्स प्रविधि खरिदमा ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन्। उनी सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएपछि निलम्बनमा परेका थिए। उच्च अदालत बुटवलको आदेशमा उनी हाल थुनामा छन्। लामिछाने चितवन–३ बाट प्रतिनिधिसभा सदस्य बनेका थिए।

तेस्रो निलम्बित सांसद हुन् एमालेका टोपबहादुर रायमाझी। भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी अर्घाखाँची क्षेत्रबाट निर्वाचित सांसद हुन्। उनीमाथि शरणार्थी बनाउने नाममा ठगी र आपराधिक षड्यन्त्रको आरोप छ।

कानुनअनुसार सांसदविरुद्ध भ्रष्टाचार वा आपराधिक मुद्दा दर्ता भएसँगै उनीहरूको पद स्वतः निलम्बनमा जाने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *