वीरगन्ज :

तीन महिनामा व्यापार घाटा तीन खर्ब ५९ अर्ब

श्रेणी : अर्थ

3 years
birgunj report
30Views
0 Shares

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख बराबर छ ।

सो अवधिमा देशको कूल व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल निर्यात ४१ अर्ब ८२ करोड बराबरको भएको छ ।

आर्थिक वर्ष २०७८/७८ को तुलनामा चालू आवको तीन महिनामा कूल व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा कूल पाँच खर्ब ४३ अर्ब ५७ करोड बराबरको व्यापार भएकामा यस आर्थिक वर्षको तीन महिनामा मात्रै चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको मात्रै व्यापार भएको छ ।

यस आधारमा गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा १८ दशमलव ५४ प्रतिशतले ओरालो लागेको हो ।

गत आर्थिक वर्षमा चार खर्ब ७८ अर्ब ५२ करोड बराबरको माल वस्तु आयात भएकामा चालू आर्थिक वर्षको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आई चार खर्ब ९९ करोड बराबरको माल सामान आयात भएको हो ।

यस्तै, गत आर्थिक वर्षको तीन महिनामा ६५ अर्ब पाँच करोड बराबरको माल वस्तु निर्यात भएकामा चालू आर्थिक वर्षको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोड बराबरको वस्तु निर्यात भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *