वीरगन्ज :

तीन नवनियुक्त मन्त्रीले सोमबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ

श्रेणी : प्रदेश

3 hours
Pradeep Sah
2.8kViews
1365 Shares

काठमाडौं,३० भदाै  । सरकारले नियुक्त गरेका तीन नयाँ मन्त्रीले सोमबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका ती मन्त्रीहरूलाई मन्त्रालयहरूको जिम्मेवारी समेत तोकिएको छ।

अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वसचिव रामेश्वर खनालले सम्हाल्ने भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक योजना, यातायात र सहरी विकास मन्त्रालयको कार्यभार नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई दिइएको छ। अधिवक्ता तथा जेनजी आन्दोलनका सहजकर्ता ओमप्रकाश अर्याललाई भने गृहमन्त्रालयसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *