
श्रेणी : प्रदेश
जनकपुर,२४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी संगठन विस्तार र प्रशिक्षण अभियानका लागि तीन दिने कार्यक्रम अन्तर्गत सप्तरी पुगेका छन्। बुधबारदेखि शनिबारसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले प्रमुख प्रशिक्षक र वक्ताको भूमिका निर्वाह गर्नेछन्।
कार्यक्रमको पहिलो दिन सप्तरी क्षेत्र नं. १ को कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित मिथिला पार्टी प्यालेसमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरियो। कार्यक्रममा पार्टीका केन्द्रीय, क्षेत्रीय, पालिका र वडा स्तरका नेता तथा कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको थियो।
दोस्रो दिन, पुष २५ गते, क्षेत्र नं.२ र ३ का लागि विष्णुपुर गाउँपालिका वडा नं. १ प्रसाहीमा संयुक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ। तेस्रो दिन, पुष २६ गते, क्षेत्र नं. ४ का लागि खड्क नगरपालिका, विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम हुनेछ।
जसपा नेपालले पछिल्लो पाँच महिनादेखि देशव्यापी रूपमा हरेक पालिका र वडा स्तरसम्म संगठन विस्तार तथा आधारभूत संरचना निर्माण अभियान सञ्चालन गर्दै आएको छ। म्याद थप गर्दै आगामी माघ मसान्तसम्म जारी रहने यस अभियान अन्तर्गत अध्यक्ष यादवले हालै लुम्बिनी प्रदेशमा पाँच दिवसीय कार्यक्रम सम्पन्न गरेपछि सप्तरीको भ्रमण थालेका हुन्।

प्रतिक्रिया