वीरगन्ज :

तीन दलबीच प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने सहमति

श्रेणी : BANNER

2 years
birgunj report
20Views
0 Shares

काठमाडौं । प्रमुख तीन दलबीच प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने सहमति भएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि सर्वोच्च अदालत कामुका भरमा चलेको भन्दै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीको प्रस्तावमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति जनाएको लेखकले बताए ।

उनले भने,’सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशका भरमा लामो समयदेखि चलिरहेको छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने प्रस्ताव बैठकमा गर्नुभएको हो । यसमा प्रमुख तीन दलका नेताहरूको सहमति रह्यो ।’

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा अघि बढाउने विषयमा पनि छलफल भएको छ । संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन पछिल्लो समय शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूले एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *