वीरगन्ज :

तीन दलबीच टिआरसी विधेयक सर्वस्वीकार्य बनाउने समझदारी

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ । मंगलबार सभामुख देवराज घिमिरेको निवासमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो ।

विधेयकमा समेट्ने विषय र प्रक्रियाका विषयमा पुनः बैठक बसेर निर्णय गर्न तीन दल सहमत भएका छन् । अर्को बैठक आगामी शुक्रबार बस्ने गरी समय तोकिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *