श्रेणी : अन्तर्राष्ट्रिय
प्रकाशसम्बन्धी प्रायोगिक विधिका लागि तीन जना वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । मंगलबार रोयल स्विडिस एकेडेमी अफ साइन्सले अमेरिकी वैज्ञानिक पिएरे अगस्टिनी, जर्मन वैज्ञानिक फेरेन्ट्स क्राउस र स्विडिस वैज्ञानिक एनी हुलिएरलाई यस वर्ष भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।
नोबेल पुरस्कार कमिटीका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रायोगिक प्रक्रिया पत्ता लगाएबापत उनीहरूलाई पुरस्कार विजेता घोषणा गरिएको हो ।
एगोस्टिनी कोलम्बियाको ओहियो स्टेट युनिभर्सिटीसँग आवद्ध छन् । वैज्ञानिक फेरेन्क क्राउज सन् १९६२ मा हङ्गेरीमा जन्मिएका हुन् । उनी हाल म्याक्स प्लाङ्क इन्स्टिच्यूट अफ क्वान्टम अप्टिक्स, जर्मनीको लुड्विङ म्याक्सिमिलियन युनिभर्सिटीमा आवद्ध छन् । यस्तै वैज्ञानिक एनी एल हुलियर सन् १९५८मा फ्रान्सको पेरिसमा जन्मिएका हुन् ।
उनी हाल स्वीडेनको लण्ड युनिभर्सिटीमा आवद्ध छन् । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार विजेतालाई मेडल र संयुक्त रूपमा १ करोड १० लाख स्विडिस क्रोनर दिइनेछ ।
प्रतिक्रिया