वीरगन्ज :

तिहारमा प्लाष्टिकको फुलमाला बिक्री गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने

श्रेणी : अर्थ

3 years
birgunj report
31Views
0 Shares

काठमाडौं । प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री वितरण वा भण्डारण गरे एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै आयात र बिक्री वितरणमा रोक लगाएको हो ।

सरकारले गत साउनमा राजपत्र प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री,वितरण वा भण्डारणमा रोक लगाएको छ । तर तिहार र छठ नजिकिएसंगै बजारमा प्लाष्टिकजन्य फुलमालाहरु बिक्रीका लागि राखेको देखिएको छ ।

सोही कारण वातावरण विभागले सार्वजनिक सुचना निकालेर तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गरेको छ।अनुगमनका क्रममा निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सुचनामा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *