वीरगन्ज :

तारकेश्वर चाैवेकाे नेतृत्वमा युवा संघ नेपाल वीरगन्ज महानर कमिटी गठन

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.2kViews
1796 Shares

वीरगन्ज,२७ पुस –  वीरगंजमा सम्पन्न युवाहरुकाे भेलाले  तारकेश्वर चाैवेकाे अध्यक्षतामा ५५ सदस्यीय युवा संघ नेपाल वीरगन्ज महानगर कमिटी गठन गरेकाे छ । गठित कमिटीकाे उपाध्यक्षमा अखलेश गुप्ता,सचिव मधु सिह,सह सचिव नागेश्वर यादव र काेषाध्यक्ष जयप्रकाश मण्डल चयन भएका छन् ।

वीरगन्जकाे नगर सभागृहमा नेकपा एकिकृत समाजवादी पार्टीका पर्साका सह ईन्चार्ज एव केन्द्रीय सदस्य क मनाेज चाैधरीकाे अध्यक्षता सम्पन्न  भएकाे भेलाका प्रमुख अतिथि क नगेन्द्र चौधरीले युवाहरुकाे निर्देशनलाई पार्टीले आफ्नो म्यान्डेट बनाएर अगाडी बढने बताए । पार्टीले युवाहरुलाई काम गर्ने दिने  र राजनितीकाे अग्र मोर्चामा राख्ने नीति लिएकाेले युवाहरुले देशकाे मुहार फेर्न नेतृत्व लिनु पर्ने कुारामा जाेड दिए ।

भेलालाई नेकपा एकिकृत समाजवादी पर्साका ईन्चार्ज बालगाेपाल थापा,संविधान सभा सदस्य रामचन्द्र साह,पार्टीका युवा नेता मंंजुर आलम लगायतकाले सम्बाेधन गरेका थिए । भेलाकाे सहजिकरण बृजलाल पासवानले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *