वीरगन्ज :

तान्जनियामा ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप लगाइने

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
11Views
0 Shares

तान्जनियामा झण्डै ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप लगाइने भएको छ । देशभरी आगामी एक हप्तामा त्यति धेरै खोप लगाउने योजना बनाइएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

पशुपक्षी मन्त्री माशिम्बा एनडाकीले ती खोप सबै निःशुल्क वितरण गरिएको र लगाउने कार्य सुरु भइसकेको जानकारी दिए । उनकाअनुसार रेविज विरुद्धको खोप कुकुरका पालकहरुलाई वितरण गरिएको छ भने सार्वजनिक स्थलमा रहेको कुकुरका लागि छुट्टै व्यवस्था गरिएको छ ।

देशभरी रोविजबाट विरामी भएकाहरुको सङ्ख्या बढ्दै गएका नियन्त्रण गर्न खोप अभियान चलाइएको उनको भनाई छ । “अहिले हाम्रा पशु स्वास्थ्य अधिकारीहरु कुकुरहरुलाई खोप लगाउनका लागि देशभरी नै खटिएका छन्” उनले भने ।

यो कार्य आगामी अक्टोबर २ सम्ममा सम्पन्न गर्ने योजना रहेको उनले बताए । रेविज रोगले धेरै मानिसको मृत्यु पनि भएकाले आफ्ना कुकुरलाई रेविज विरुद्धको खोप लगाउनै पर्ने वाध्यकारी व्यवस्था सबै कुकुर पालकहरुलाई गराइएको छ । उनकाअनुसार तान्जनियामा बार्षिक रुपमा १५ सय जनाको मृत्यु रेविजका कारण हुने गरेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *