२०८२ बैशाख २७, शनिबार

वीरगन्ज :
०९:४५:५९

तातोपानी नाका दुईतर्फी सञ्चालनमा

श्रेणी : अर्थ

2 years
birgunj report
12Views
0 Shares

सिन्धुपाल्चोक । तातोपानी नाका आजदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । सोमबार बिहान नेपालबाट तीन वटा ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए ।

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुरु भएको छ ।

सिन्धुपाल्चोक १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले कूटनीतिक पहलकदमीले नाका दोहोरो पुनः सुरु भएको र छिट्टै मानव आवतजावत पनि सुरु हुने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *