वीरगन्ज :

तस्बिरमा हेर्नुस् नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोह

श्रेणी : खेलकुद

2 years
birgunj report
95Views
0 Shares

गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशलामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तालिका भएपनि अस्वस्थताका कारण उपराष्ट्रपतिले प्रतियोगिता उद्घाटन गरेका हुन् । भव्य रुपमा उद्घाटन भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक ज्वाला प्रज्वलन गरे । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरेका थिए ।

उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो । कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि धकेलिएको प्रतियोगिता गण्डकीमा ३९ वर्षपछि आयोजना भएको हो । यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो । नवौंको अधिकांश खेलहरु पोखरा रंगशालामा हुनेछन् ।

११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *