श्रेणी : BANNER
वीरगंज (पर्सा), १७ साउन । वीरगंज भन्सार स्थित सशस्त्र प्रहरीलाई पत्रकार भनेर थर्काउनेहरुको विगविगी बढेको छ । तस्करीको सामान नछोडेपछि आफू पत्रकार हो भनेर थर्काउनेहरु कार्य तिब्र रुपमा बढेको छ । पत्रकार नै नभएको व्यक्तिहरु पत्रकार जस्तो पवित्र संगठनको नाममा तस्करी गर्ने, तस्करको सामान छुटाउन सशस्त्र प्रहरीलाई थर्काउने गरेको पाइएको छ । भन्सार छेउछाउमा तस्करी गर्ने, गराउने कार्य गर्दै आएका व्यक्तिले ड्युटीमा खटेका सशस्त्र प्रहरीको देखावटी भिडियो बनाउने, त्यतिले नभई सशस्त्र प्रहरीको कार्यालय परिसरमा पुगेर आफू पत्रकार हो, सरुवा गराईदिन्छु भन्दै थर्काउने गरेका हुन् ।
यस्ता झोले व्यक्तिहरुको कारण पत्रकार महासंघ पर्सा बद्नामी खेपी रहेको छ । जसको कारण पत्रकारिता गर्ने व्यक्ति पनि केही सूचना लिन जाँदा पनि अप्ठ्यारो पर्ने गरेको छ । पत्रकार भनेर तस्करी गर्ने जस्ता विभिन्न क्रियाकलापहरु गर्दै आएका छन् । पत्रकार गर्ने पत्रकारले कहिलेपनि भन्सार क्षेत्रमा देखा पर्दैनन् तर ठूलठूला कार्डधारी पत्रकारको नाममा तस्करी गर्नेहरुको दिनहुँ भीड लाग्छ । विहानदेखि बेलुकासम्म पत्रकार भनेर तस्करीको सामान छुटाउने काम गर्दै आएको बताइएको छ । दिनभरि भन्सार क्षेत्रमै देखा पर्ने इनर्वा, छपकैयाका केही युवाहरु ठुलठूला कार्ड बोकेर सशस्त्र प्रहरी कहाँ तस्करीको सामान छुटाउने दबाब दिने गरेको पाइएको हो ।
आफूलाई पत्रकार भन्ने दुईजना युवाको समूहले दिनहुँ भन्सारमा भिडियो, तस्विर खिचि रहेका हुन्छन् । उनीहरुको काम हो मोबाइल देखाएर तस्करीको सामान छुटाउने । तस्करीको सामान सशसत्र प्रहरीले समातेपछि त्यसको पछि पछि लागि अनावश्यक रुपमा भिडियो बनाउने गरेका छन्, जसले गर्दा सशस्त्र प्रहरीलाई ड्युटी गर्न पनि कठिनाई हुने गरेको छ । विहानदेखि चर्को घाममा ड्युटीमा खटेका सशस्त्र प्रहरीसँग अनावश्यक मुख लाग्ने, आफू पत्रकार हो भन्दै जे पनि गर्न सकिने मनसायका व्यक्तिहरुको विगविगी भएको हो ।
यसबारे नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव भूषण यादवले आफूलाई पत्रकार भनेर गलत क्रियाकलाप गर्नेहरुलाई प्रहरीले कारवाही गर्नुपर्ने बताए । उनले पत्रकार नै नभएका व्यक्तिले जबरजस्ती थर्काउन खोजे प्रहरीको जिम्मा लगाउन आग्रह गरे । पत्रकारै नभएका व्यक्तिले पत्रकार भनेर तस्करी गराउने, तस्करीको सामान छुटाउन जबरजस्ती दबाब दिने कार्य गरे नेपाल पत्रकार महासंघ पर्सा शाखासँग समन्वय गरि प्रहरीलाई बुझाउन भने । अहिले भन्सारमा आधा दर्जन भन्दा बढि युवाहरुको समूह आफूलाई पत्रकार भन्दै तस्करी गर्ने र गराउने गरेको पाइएको छ । वीरगंज टाईम्स
प्रतिक्रिया