वीरगन्ज :

तराई–मधेसमा सर्पदंशका घटना बढे

श्रेणी : मधेस

1 month
Pradeep Sah
3.0kViews
1319 Shares

जनकपुर,१८ भदाै । तराई–मधेसका जिल्लाहरूमा पछिल्लो समय सर्पदंशका घटना तीव्र रुपमा बढिरहेका छन्। प्रादेशिक अस्पताल जनकपुरधामका अनुसार, गर्मी र वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामीको संख्या दिनप्रतिदिन उकालो लागेको छ।

अस्पतालका आपतकालीन सेवा कक्ष प्रमुख उज्ज्वल झाले दिएको जानकारी अनुसार, २०८० सालको चैतदेखि अहिलेसम्म मात्र अस्पतालमा एक हजार एक सय १५ जना सर्पदंशका बिरामी पुगेका छन्। तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ भने सात जनाको ज्यान गएको छ।

जाहका अनुसार, समयमै उपचारका लागि अस्पताल पुग्नेहरूमा मृत्यु दर कम देखिएको छ। “सर्पले टोकेपछि ढिलो नगरी अस्पताल आइपुग्नेहरूको जीवन बचाउन सकिएको छ,” उनले भने।

स्वास्थ्यकर्मीहरूले विशेषगरी गर्मी र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकाले सतर्क रहन सबैलाई आग्रह गरेका छन्। साथै, सर्पले टोकेमा घरेलु उपायमा समय खर्च नगरी तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा जान सुझाव दिइएको छ।

सर्पदंशको जोखिम बढिरहेकाले ग्रामीण क्षेत्रमा चेतना अभिवृद्धि, सुरक्षाका उपायहरूको प्रचार र समयमा उपचार सुनिश्चित गर्नु आवश्यक देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *