श्रेणी : मधेस
बीरगन्ज,१५ पुस । पुस महिनाको मध्य समयपछि तराई–मधेस क्षेत्रमा चिसो बढ्न थालेको छ। गएको शुक्रबारदेखि मौसममा बदली भई हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भएपछि तराईमा जाडोको प्रभाव देखिन थालेको छ।
सुक्रबार सम्म मधेसका विभिन्न जिल्लामा घाम लागेको भए पनि आज बिहानैदेखि आकाश धुम्मिएकाेले बारा, पर्सा लगायतका जिल्लामा चिसो थप बढेको छ।
विगतका वर्षहरूमा पुस महिनाभर तराई–मधेसमा तीव्र जाडो महसुस हुने गरे पनि यस वर्ष भने मध्य पुसबाट मात्र चिसो सुरु भएको छ। चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। गाउँघरमा वृद्धवृद्धाहरू घुरा तापेर चिसो छल्ने प्रयासमा छन्।
मौसम विभागका अनुसार देशभर मौसम सफा रहने भए पनि तराई–मधेसमा बिहानको समय बादल लागेर घाम नलाग्दा चिसो थपिएको छ। चिसोको प्रभावले जनजीवन खल्बलिन थालेको र दैनिक क्रियाकलापमा अवरोध सिर्जना गरेको छ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया