
श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेले वैशाख दश गते हुने उपनिर्वाचनमा चितवन २ मा रामप्रसाद न्यौपाने र र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले चितवन २ मा न्यौपाने र तनहुँ १ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बारा–२ का लागि भने उम्मेदवार टुंग्याउन बाँकी रहेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनाल गत मंसिरको चुनावमा काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।
त्यसैगरी बैठकले पार्टी नेता डा.भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ । बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

प्रतिक्रिया