
श्रेणी : BANNER
27Views
0
Shares
दमौली । तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेले २५ हजार ३१८ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।
एमालेका रानाले १९ हजार ९४३ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।

प्रतिक्रिया