वीरगन्ज :

तनहुँ र झापाबाट बलात्कार आरोपमा २ जना पक्राउ

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
2.2kViews
1077 Shares

काठमाडौ, १७ पुस । तनहुँमा एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । बलात्कार आरोपमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

निर्मलले ती बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी झापामा पनि १८ वर्षीया किशोरी बलात्कारको आरोपमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी डेरा गरी बस्ने भारतको पश्चिम बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

कुमारले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *