वीरगन्ज :

तनहुँमा आमाले आफ्नै ४ महिनाका शिशुको गरीन हत्या

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.1kViews
1864 Shares

तनहुँ, १० वैशाख । तनहुँमा एक आमाले आफ्नै चार महिनाका शिशुको हत्या गरेकी छिन्। ढुंगा प्रहारबाट गम्भीर घाइते भएका शिशुको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

प्रहरीका अनुसार नवलपरासी बैदिकाली गाउँपालिका-२ अर्मले घर भएकी ३६ वर्षीया कमला परियारलाई हत्या आरोपमा पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव निरीक्षक अशोक थापाका अनुसार कमला सोमबार माइतीघर, तनहुँको घिरिङ गाउँपालिका–४ थामडाँडामा आएकी थिइन्। साँझ करिब ७ बजे भीमाद–नवलपरासी सडकखण्डमा उनले आफ्नै छोरा अर्जुन परियारलाई ढुंगा प्रहार गरेकी थिइन्।

स्थानीयले गम्भीर घाइते बालकलाई तत्काल रामपुर अस्पताल, पाल्पा पुर्‍याए पनि उपचारका क्रममा राति साढे ९ बजे उनको ज्यान गएको प्रहरीले जनाएको छ।

कमलालाई इलाका प्रहरी कार्यालय डेढगाउँ, नवलपरासीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि तनहुँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराइएको छ।

प्रारम्भिक अनुसन्धानपछि उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी तनहुँ जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *