वीरगन्ज :

तत्काल सरकारमा नजाने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

श्रेणी : BANNER

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकले पार्टी तत्काल सरकारमा नजाने निर्णय गरेको जानकारी दिए । उनले सत्ता साझेदार अन्य दलले आफ्नो पार्टीसँग भएको सहमति तोेडिसकेपछि आफू सरकारबाट बाहिरिएको बताए ।

सत्ता साझेदार अन्य दलले अझै सरकारमा आउन आग्रह गरेपनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने बताए । त्यस्तै बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति विस्तार गरी ४० जना सदस्यीय बनाएको छ ।

यसअघि केन्द्रीय समिति २४ सदस्यीय थियो । केन्द्रीय समितिमा मनोनित हुनेमा निशा मेहता, विन्द्यवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बु सरकार श्रेष्ठ, टिका संग्रौला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *