
श्रेणी : समाचार
काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति गर्न सरकारलाई दबाबमूलक कार्यक्रम गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी बारले सर्वोच्च अदालत लामो समयदेखि सर्वोच्च अदालत कामु प्रधानन्यायधीशका भरमा चलेको भन्दै तत्काल नियुक्त गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा बार अध्यक्ष गोपालकृष्ण घिमिरेले कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको ठहर बारले गरेको बताए । उनले भने, ‘न्यायालयमा भन्द्रगोल हुँदा बारले टुलुटुलु हेरेर बस्न सक्दैन । तत्काल प्रधानन्यायाधीश नियुक्त गरियोस्।’
उनले आठ दश दिन हेर्ने र यसभित्र प्रधानन्यायाधीश नियुक्ति नभए आन्दोलन गर्नुपर्ने अवस्था आउने बताए । उनले बिहीबार प्रधानमन्त्रीलाई भेट्ने र अल्टिमेटम दिने बताए । न्यायपालिकाको विकृति, विसंगतिको अन्त्यका लागि पेसी व्यवस्थापन पूर्ण स्वचालित प्रणालीद्वारा गर्नुपर्ने, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अन्तिम किनारा लगाउनुपर्ने बारले माग गरेको छ ।
महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा निलम्बित भएदेखि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । त्यसपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बने भने अहिले हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन् ।

प्रतिक्रिया