वीरगन्ज :

ढल्केबरमा फार्मेसी सञ्चालक पक्राउ, लागूऔषध र नगद बरामद

श्रेणी : अपराध

2 hours
Pradeep Sah
2.4kViews
1725 Shares

जनकपुर,१८ चैत । धनुषाको ढल्केबरमा सञ्चालनमा रहेको एक फार्मेसीबाट ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार मिथिला नगरपालिका–७ का ५० वर्षीय रामकुमार महतो, जो ‘निको फार्मेसी’का सञ्चालक हुन्, उनलाई लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।

प्रहरीले उनको फार्मेसीमा छापा मार्दा टापेन्टा ट्याब्लेट ४६० पत्ता, स्पासरेस्ट ९५ पत्ता, डोवेल ६० पत्ता तथा १ लाख ३५ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

यसअघि मिथिला नगरपालिका–१० रातोपुल क्षेत्रबाट तीन जना युवालाई जाँच गर्दा उनीहरूको साथबाट टापेन्टा लागूऔषध फेला परेको थियो। पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–५ का साजन परियार, दोर्जे लामा र दीपेश साह रहेका छन्।

उनीहरूको बयानका आधारमा थप अनुसन्धान गर्दै जाँदा उक्त लागूऔषधको स्रोत निको फार्मेसी भएको खुल्न आएपछि प्रहरीले महतोलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *