वीरगन्ज :

डोजरले खसालेको ढुंगा लाग्दा बालकको मृत्यु

श्रेणी : अपराध

4 months
Pradeep Sah
1.8kViews
1377 Shares

मुगु, १२ फागुन । सडक निर्माणका क्रममा डोजरले खसालेको ढुंगाले लागेर एक बालकको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा सोरु गाउँपालिका–१०, धैन गाउँका १० वर्षीय लोकजङ्ग नेपाली रहेका छन्। उनकी आमा कल्पना नेपाली गम्भीर घाइते भइ उपचाररत रहेको स्थानीय आशिष देवकोटाले जानकारी दिए ।

घटनास्थलमै ज्यान गुमाएका लोकजङ्ग र उनकी आमा घरायसी कामका लागि हुम्ला गएका थिए। आइतबार साँझ करिब ६ बजे घर फर्किने क्रममा गाउँनजिकै सडक निर्माणका लागि खनिँदै गरेको डोजरबाट खसेको ढुंगाले लाग्दा बालकको तत्काल मृत्यु भएको र आमा गम्भीर घाइते भएकी हुन् ।

कर्णाली प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको दोमुख-गमगढी-नाक्चेलाग्ना सडकको ट्रयाक खोल्ने क्रममा सो दुर्घटना भएको हो। सोरु गाउँपालिका–१० बजेदेखि दोमुखसम्म ठेकदार कम्पनीले सडक निर्माणको काम गरिरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *