
श्रेणी : मधेस
वीरगंज – डेसिमल स्कूल एण्ड कलेजले वीरगंज गण्डकस्थित रहेको क्लार्कस रिसोर्टमा कक्षा ११ का नव प्रबेशी विद्यार्थीहरुकाे लागि ताजा भेटघाट तथा अभिवादन कार्यक्रम गरेको छ ।
कक्षा १२ द्वारा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख मोती प्रसाद भट्राईले विद्यार्थीहरु अनुशासित हुनु पर्ने वताए । अनुशासनमा रहेर पढ्ने विद्यार्थीहरुलाई अवश्य नै लक्ष्य प्राप्ती हुने उनकाे भनाई थियाे ।हाम्रो देशमा सबै नराम्रा नरहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका भट्राईले युवामा अवस्था वदल्ने सामथ्र्य रहेको बताए ।उनले अहिलेको अवस्थामा बिधार्थीहरुलाई बिक्ने र टिक्ने शिक्षामा जोड दिनु पर्ने तथा स्किल डेभल्पमेन्टमा ध्यान दिनु पर्नेऔल्याए ।
कलेजको संस्थापक अध्यक्ष सनी दुबेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्याल, नेशनल प्यबस वीरगंजका महनगर अध्यक्ष जियालाल गुप्ता, नगर सचिव शेख अजहर लगायत डेसिमल स्कूलका शिक्षक, शिक्षिका र विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुलाई प्रशिक्षण दिनुको साथै विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएकाे थियाे ।


प्रतिक्रिया