वीरगन्ज :

डेंगु संक्रमणबाट काठमाडौं-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन

श्रेणी : BANNER

2 years
birgunj report
144Views
0 Shares

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमणबाट रिजालको निधन भएको हो । डेंगु संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले जानकारी दिए । डेंगु संक्रमणपछि रिजाल गत बिहीबार ग्रान्डी अस्पतालमा भर्ना भएका थिए ।

कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षमा निर्वाचित भएसँगै फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन साहसँग उनको चर्काचर्की पनि परेको थियो । पछि मेयर साह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *