वीरगन्ज :

डिभी लोटरी २०२६ को नतिजा सार्वजनिक

श्रेणी : BANNER

2 months
Pradeep Sah
3.0kViews
1547 Shares

काठमाडौं,२१ वैशाख । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ। अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको कन्सुलर अफेयर्स ब्यूरोले शनिबार डिभीको नतिजा अनलाइनमार्फत सार्वजनिक गरेको हो।

डिभीमा सहभागी भएका आवेदकहरूले आफ्नो नतिजा थाहा पाउन मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर कन्फर्मेशन नम्बर, नाम र जन्म वर्ष प्रविष्ट गर्नुपर्छ। यसपछि उनीहरू छनोट भए/नभएको जानकारी प्राप्त गर्न सक्छन्। यदि छनोट भएका छन् भने, भिसा प्रक्रिया कसरी अगाडि बढाउने भन्ने जानकारी पनि त्यहीँबाट पाइनेछ।

डिभी विजेताहरूले सन् २०२५ को अक्टोबर १ देखि भिसा प्रक्रिया सुरु गर्न सक्नेछन्। भिसा प्राप्त गर्नको अन्तिम म्याद सन् २०२६ को सेप्टेम्बर ३० सम्म हुनेछ।

गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म आवेदन दिएका सहभागीहरूले हालै खुलेको पोर्टलमार्फत आफ्नो नतिजा सजिलै चेक गर्न सक्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *