वीरगन्ज :

डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ

श्रेणी : अपराध

1 year
Pradeep Sah
2.6kViews
1760 Shares

धनगढी,३० माघ । मंगलबार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ।

राति करिब सवा ८ बजे ‘हर हर महादेव’ भन्दै चक्कु बोकेर सडकमा हिंडिरहेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास गरेका थिए।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा ती युवकले नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमणको प्रयास गरेको देखिन्छ।

प्रहरी स्रोतका अनुसार आक्रमणको प्रयास गर्ने धनगढी उपमहानगरपालिका–१४ का ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन्। उनलाई मंगलबार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रहरीले घटनाको विस्तृत विवरण भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *