वीरगन्ज :

डा. सन्दुक रुइतलाई १० लाख डलरको ‘इशा’पुरस्कार

श्रेणी : राष्ट्रिय

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई १० लाख डलरको पुरस्कार दिइने भएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको पुरस्कार यो वर्ष उनलाई दिन लागिएको हो ।

मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति तथा संस्थालाई यो पुरस्रका प्रदान गरिँदै आएको छ । बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ ।

अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा. रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो । रुइतले सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार पाएका थिए । सन् २०१८ मा भारत सरकारले पद्मश्री सम्मानबाट उनलाई सम्मानित गरेको थियो ।

अन्धोपन निवारणसहित सयौं व्यक्तिको दृष्टि फर्काउन भूमिका खेलेबापत २०७२ मा भुटानको उच्च सम्मान नेशनल अर्डर अफ मेरिट प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *