वीरगन्ज :

डा. गुप्ता व्यापार समितिको सभापतिमा चयन

डा. गुप्ता व्यापार समितिको सभापतिमा चयन

श्रेणी : BANNER

2 years
Pradeep Sah
15Views
0 Shares

वीरगंज (पर्सा), २० वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डा. सुबोध कुमार गुप्ता व्यापार समितिको सभापतिमा चयन भएका छन् । महासंघको मिति २०८० वैशाख ३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरे अनुसार विद्यानको दफा ३८ (ग) बमोजिम डा. गुप्ता व्यापार समितिको सभापतिमा चयन भएका हुन् ।

महासंघको छवि तथा प्रतिष्ठालाई अझ बढि सशक्त रुपमा अगाडि यहाँको सभापतित्वमा गठित समितिले जिम्मेवारीपूर्वक कार्य गर्नुभई महासंघलाई महत्वपूणर् योगदान गर्नुहुनेमा महासंघ विश्वस्त रहेको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिएका छन् । डा. गुप्ताको सभापतित्वमा गठित समितिबाट प्रभावकारी रुपमा कार्य हुने अपेक्षा सहित समितिबाट भएका गतिविधि एवं कार्यबारे अर्ध बार्षिक रुपमा पुनरावलोकन गरि मूल्याँकन गरिने व्यवस्था रहेको अध्यक्ष ढकालले जानकारी दिएका हुन् । विरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *