वीरगन्ज :

डाँका र प्रहरीबीच गोली हानाहान, दुई जना डाँका प्रहरीको नियन्त्रणमा

डाँका र प्रहरीबीच गोली हानाहान, दुई जना डाँका प्रहरीको नियन्त्रणमा

श्रेणी : BANNER

3 years
birgunj report
20Views
0 Shares

कलैया (बारा), २० भदौ / बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.२३ भलुहीमा शनिबार राति डाँकाहरु र प्रहरीबीच गोली हानाहान भएको छ । भलुही स्थित एरोटेक प्रा.लि.मा डकैती गर्न पुगेका डाँकाहरु र प्रहरीबीच गोली हानाहान भएको हो ।
शनिबार राति १२ बजेको समयमा एरोटेक प्रा.लि.मा १०÷१२ जना डाँकाहरु हात–हतियार सहित प्रवेश गरी धनमाल लुटि रहेका छन् भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी बरिष्ठ नायब निरिक्षक कलम बहादुर शाहीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटना स्थल पुग्दा १०÷१२ जनाको समुहमा हतियारधारी डाँकाहरुले सो प्रा.लि.को स्टोर कोठामा राखिएको सिलिण्डर बनाउने कार्यमा प्रयोग हुने पित्तलको भल्भ, जिंक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोवाईल समेत डाँका गरी भाग्दै थिए ।
भाग्दै गरेको अवस्थामा प्रहरी टोलीले देखी निजहरुलाई नियन्त्रण लिन खोज्दा डाँकाहरुले बोकि राखेको बन्दुकबाट प्रहरी टोलीलाई लक्षित गरी १ राउण्ड गोली फायर गर्दा प्रहरी टोलीले आफ्नो प्रतिरक्षा स्वरुप आफ्नो साथमा रहेको ३०३ नट राईफलबाट ३ राउण्ड गोली फायर गरी डाँकाहरु मध्येका दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ बस्ने वर्ष ३५ को जयराम पासवान र सोही उपमहानगरपालिकाको वडा नं. १० बस्ने वर्ष ४० को जवाहिर महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रामकाजी थापाले वताए ।
उनीहरुको साथबाट १ राउण्ड गोली लोड गरी सोको राउण्ड २ सहित कटुवा बन्दुक–१ र भरूवा बन्दुक १ थान बरामद समेत भएको प्रहरी निरिक्षक थापाले जानकारी दिए । घटनास्थलमा डाँकाहरूलाई नियन्त्रणमा लिने क्रममा खटिएको प्रहरी टोलीमाथी कटुवा पेस्तोलबाट १ राउण्ड फायर समेत गरी सँगै बोकी ल्याएको फलामे रड प्रहार गर्दा प्रहरी बरिष्ठ नायब निरिक्षक कलम बहादुर शाहीको टाउँकोमा चोट समेत लागेको उनले जानकारी गराए । घाइते शाहीको उपचारको लागि वीरगंज हेल्थ केयरमा भर्ना गरिएको जनाइएको छ ।
साथै घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमरा बारा समेतबाट खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिई फरार व्यक्तिहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखि डाँका, हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान कार्य भइ रहेको प्रहरी निरिक्षक थापाले जानकारी गराएका छन् । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *