वीरगन्ज :

डलर देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

7 months
Pradeep Sah
1.8kViews
1282 Shares

काठमाडौं, २० पुस । सस्तो दरमा डलर साटिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–११ रामपुर घर भई भक्तपुर बस्दै आएका ४७ वर्षीय सुजित मिजार छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले ३ पुसमा हरिकृष्ण बराल नाम गरेका व्यक्तिलाई फोन गरी सस्तो दरमा डलर साट्ने प्रलोभन देखाएर ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

बराललाई भक्तपुरकै हनुमन्ते खाला किनारमा बोलाएर उनले डरल भन्दै रुमालले बेरेको कागजको बिटो थमाइदिएर फरार भएका थिए ।

बरालसँग डलर साटिदिएको भन्दै उनीबाट ५ लाख रुपैयाँ लिएर उनी फरार भएका थिए । उक्त बिगो खोलेर हेर्दा छेउमा डलर र बाँकी कागजको बिटो रहेको खुलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *