श्रेणी : धर्म संस्कृति
2.4kViews
1185
Shares
वीरगन्ज,१४ माघ । पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछार पर्वको उपलक्ष्यमा माघ १६ देखि माघ १८ गतेसम्म तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले जानकारी दिए। तीन दिनको बिदाको अवधिमा गाउँपालिका कार्यालय, वडा कार्यालय, र मातहतका सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।
तमाङ समुदायको बाक्लो उपस्थिति रहेको ठोरी गाउँपालिकामा प्रत्येक वर्ष सोनाम ल्होछार पर्वको अवसरमा बिदा दिने परम्परा रहेको छ। यस पर्वलाई समुदायले हर्षोल्लासका साथ मनाउने भएकाले बिदा घोषणा गरिएको हो ।
प्रतिक्रिया